महोत्तरी, २६ चैत । लकडाउनका कारण काम गर्न नपाएपछि महोत्तरीको दलित मुसहर बस्तीमा चुल्हो बन्द हुने अवस्थामा पुगेको छ । उनीहरुलाई न कुनै संघसंस्था मार्फत् राहत पुग्न सकेको छ न त स्थानीय निकायले नै राहत पु¥याएको छ ।
अहिले लकडाउनका कारण जिविकोपार्जन गर्न गाह्रो भएका बर्गलाई राहत बाड्नेहरुको उपस्थिति बाक्लो देखिन्छ । तर महोत्तरीको दलित मुसहर बस्तीमा स्थानीय निकाय अथवा कुनै संघ संस्थाको ध्यान गएको छैन । लकडाउनका कारण काम गर्न बाहिर आउन नपाएपछि उनीहरुलाई जिविकोपार्जन गर्न हम्मे हम्मे परेको छ । उनीहरुको घरमा चुल्हो समेत बन्द हुने अवस्थामा आइसकेको छ । यस्तोबेला पनि निकायले नपुगेको उनीहरुको गुनासो छ ।
प्रदेश सरकारले प्रदेश भित्रका गरिब विपन्न व्यक्तीहरुलाई राहतका लागी नगरपालिकामा १५ लाख र गाउँपालिकामा १० लाख रकम पठाएपनि अहिलेसम्म स्थानीयहरुले उक्त राहत पाउन सकेका छैनन् ।
जिल्ला विपद व्यवस्थापन समिती महोत्तरीले भने विपन्न वर्गलाई भोकभोकै बस्ने अवस्था आउन नदिन प्रत्येक पालिकाका जनप्रतिनिधिहरुलाई त्यही अनुसारको काम गर्न निर्देशन दिइसकेको दावी गरेको छ ।
यता सरकारले गरिव विपन्न परिवारहरुलाई उच्च प्राथमिकतामा राखेर भोकै बस्न नदिने बताइरहेपनि जिल्लाका अधिकाँश पालिकाहरुले अहिलेसम्म त्यसता परिवारको तथ्याँक सँकलन समेत गरेका छैनन् । तर प्रदेशका मन्त्रीहरु विभिन्न पालिकामा यसका लागि बजेट पठाइसकेको र त्यही अनुसारको काम भइरहेको दाबी गरिरहेका छन् ।