मेडिकल सामाग्री खरिदका लागि ओम्नी समुहसंग गरेको सम्झौता रद्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

मेडिकल सामाग्री खरिदका लागि ओम्नी समुहसंग गरेको सम्झौता रद्द

mahendra shrestha

काठमाडौं, १९ चैत । सरकारले मेडिकल सामाग्री खरिदका लागि ओम्नी समुहसंग गरेको सम्झौता रद्द गरेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिदै गएको र नेपालमा पनि कोरोनाका पोजेटिभ विरामी देखिएपछि सरकारले कोरोना परीक्षण र उपचार सम्बन्धी मेडिकल सामाग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसंग सम्झौता गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले खरिद सम्झौता रद्द भएको जानकारी दिनुभएको हो । सम्झौतामा उल्लेख भए अनुसारको सामान निर्धारित समय भित्र ल्याउन नसकेकाले ओम्नीसंगको सम्झौता रद्द गरिएको उहाँले बताउनुभयो । उहाँले आवश्यकताको १० प्रतिशत मात्रै सामान आएको र सो सामानले केही समयका लागि पुग्ने भएकाले थप सामाग्री ल्याउनका लागि सरकारले भोली देखि नै नयाँ प्रक्रिया सुरु गर्ने पनि जानकारी दिनुभयो ।

श्रेष्ठले कुनै पनि अस्पताललाई मेडिकल सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता जनाउदै स्वास्थ्य सामाग्रीको अभावमा विरामीको उपचारमा सम्झौता नगर्न पनि अनुरोध गर्नुभयो ।

विश्वस्तरमा संक्रमणको फैलावट तिब्र हुदै गएपछि थप सामान किन्नका लागि सरकारले प्रक्रिया अघि बढाएको भन्दै उहाँले सो क्रममा भएका छलफलको फेयरिस्त नै सुनाउनुभयो । उहाँले ओम्नीसंग गरिएको खरिद सम्झौता बजार भाउ भन्दा २० प्रतिशत बढी भएको पनि स्वीकार गर्नुभयो ।

श्रेष्ठले र्यापिट टेस्ट किट परीक्षण पछि आवश्यकता हेरेर प्रयोग गर्ने स्पष्ट पार्नुभयो । र्यापिट टेस्ट किटको परीक्षण गरेपछि मात्रै पेमेण्ट गरिने पनि उहाँले बताउनुभयो । संक्रामक रोगको टेष्ट गर्दा जहिले र जहाँ पनि सेन्सेटिभिटी र स्पेसिभिटी हुने उल्लेख गर्दे उहाँले समुदायमा संक्रमण देखिएको र महामारी फैलिएको अवस्थामा मात्रै र्यापिट टेस्ट किट प्रयोग गरिने बताउनुभयो ।

अन्तराष्ट्रिय अनुभव, सल्लाह, सुझाव र वर्तमान आवश्यकता अनुसार नै मन्त्रालयले काम गरिरहेको भन्दै अनावश्यक रुपमा प्रश्न उठाएर जनतामा नकारात्मक संदेश फैलाउने काम नगर्न पनि उहाँले संचारक्षेत्रलाई आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);