भारतसंग जोडिएका सबै नाकामा केन्द्रित हुन सुरक्षा निकायलाई गृह मन्त्रालयको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतसंग जोडिएका सबै नाकामा केन्द्रित हुन सुरक्षा निकायलाई गृह मन्त्रालयको निर्देशन

Home-Minister-Ram-Bahadur-Thapa

काठमाडौं, १० चैत । सरकारको निर्णयपछि गृह मन्त्रालयले भारततर्फ जोडिएका साना र ठूला सबै नाकामा केन्द्रित हुन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भारतसँग जोडिएका सबै सीमानाकामा केन्द्रित हुन परिपत्र गरेको हो ।

आवश्यक पर्दा नेपाली सेनालाई पनि आवश्यक तैनाथी गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको छ । आइतबार सरकारले एक साताका लागि नेपाल–भारत दुवैतर्फका सीमानाका सिल गर्ने निर्णय गरेको थियो।

भारततर्फ ३९ वटा मोटरेबल नाका र १सय ५० भन्दा बढी अन्य प्रवेश विन्दु छन् । ती ठाउँबाट मानिसको आवतजावत हुँदै आएको छ। ती नाकाबाट मानिसहरु छिर्न सक्ने जोखिम रहेको र त्यसलाई विशेष निगरानी राख्न गृहले प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);