लोक सेवा आयोगको अन्तर्वार्ता अनिश्चितकालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लोक सेवा आयोगको अन्तर्वार्ता अनिश्चितकालका लागि स्थगित

loksewa aayog

काठमाडौं, ९ चैत । कोरोना भाइरसको महामारीबाट स्वास्थ्य संवेदनशीलता बढेको भन्दै लोक सेवा आयोगले अन्तर्वार्ताका कार्यक्रमहरु अनिश्चितकालका लागि स्थगित गरेको छ । यसअघि चैत मसान्तसम्मका लिखित परीक्षाहरु मात्र स्थगित गरेको आयोगले आइतबार थप निर्णय गर्दै अन्तर्वार्ताका कार्यक्रमहरु पनि स्थगित गरेको हो ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै आयोगको केन्द्रीय कार्यालय र अन्तर्गतका कार्यालयहरुमा यही चैत ११ गतेदेखि सञ्चालन हुने गरी पूर्वनिर्धारित सबै अन्तर्वार्ताका कार्यक्रमहरु अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरेको जनाएको छ ।

आयोगको निर्णयबाट केन्द्रीय कार्यालयमा सञ्चालन हुने निजामती सेवातर्फ नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका अन्तर्वार्ता कार्यक्रम रोकिएको छ ।

यस्तै आयोगका बिभिन्न कार्यालयहरुबाट सञ्चालन हुने स्थानीय तहतर्फ चौथो तहका सहायक महिला विकास निरीक्षक पदका अन्तर्वार्ता कार्यक्रम पनि स्थगित भएको छ । यसअघि आयोगले लिखित परीक्षामात्र स्थगित गर्ने तर अन्तर्वार्ताका कार्यक्रम स्थगित नगर्ने जनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);