वीरगञ्ज–रक्सौल नाकामा चेकजाँच प्रभावकारी हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

वीरगञ्ज–रक्सौल नाकामा चेकजाँच प्रभावकारी हुन सकेन

वीरगञ्ज, ८ चैत । वीरगञ्ज–रक्सौल नाकामा कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको चेकजाँच प्रभावकारी हुन नसकेको देखिएको छ ।

दैनिक सयौँ सवारी साधनमार्फत यात्रु भित्रिने केही नेपाली सेनाले मात्र चेकजाँच गरिरहँदा धेरै यात्रुहरु विना स्वास्थ्य परिक्षण नै भित्रिरहेका छन् । सुरुमा तेस्रो मुलुकका व्यक्तिको मात्र परिक्षण गरेको हेल्थ डेस्कले पछिल्लो समय भारतीय नागरिकको पनि परिक्षण सुरु गरिएको छ ।

भारतमा समेत कोरोनाको प्रकोप देखिएपछि नेपाली सेना, शस्त्र प्रहरी, नेपाल प्रहरीको सक्रियतामा भारतीय नागरिकको पनि परिक्षण सुरु गरिएको हो । तरपनि जनशक्ति र साधनस्रोत अभावले अधिकांश यात्रु बिनाजाँच नै भित्रिने गरेका छन् ।

पीपीई, इन्फ्रारेड थर्मोमिटर, मास्कजस्ता अत्यावश्यक सामग्रीको समेत अभाव रहेको छ । यता नारायणी अस्पतालको महेन्द्र आरोग्य भवनको भुइ तल्लाको कोठामा अस्पतालले कोरोना संक्रमितका लागि ५ शय्याको आइशोलेसन वार्ड स्थापना गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);