अस्ट्रेलिया र न्युजिल्याण्डद्वारा शुक्रबार रातिबाट सबै विदेशीलाई प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

अस्ट्रेलिया र न्युजिल्याण्डद्वारा शुक्रबार रातिबाट सबै विदेशीलाई प्रवेशमा रोक

एजेन्सी, ६ चैत । अस्ट्रेलिया र न्युजिल्याण्डले शुक्रबार रातिबाट सबै विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाउने भएका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सबै विदेशी नागरिकमाथिको प्रवेशमा रोक लगाउने बिहीबार घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । विहीबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री मोरिसनले अस्ट्रेलियन नागरिक र तिनका परिवारका सदस्य बाहेकका व्यक्तिलाई प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् ।

अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणमध्ये ८० प्रतिशत विदेशमै वा विदेशबाट आएका व्यक्तिको सम्पर्कमाबाट भएको कारण यस्तो निर्णय गरिएको प्रधानमन्त्री मरिसनले बताए ।

अस्ट्रेलियामा अहिलेसम्म ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ। यसैगरि न्युजिल्यान्डले पनि शुक्रबारदेखि विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने घोषणा गरेको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले बिहीबार विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने घोषणा गरेकी हुन् । न्युजिल्यान्डमा २८ जनामा संक्रमण देखिएको छ । यसैबीच कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बेलायत सरकारले अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

सरकारले शुक्रबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेको हो । प्रधानमन्त्री बोरिस जोन्सनले शुक्रबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका हुन् । बेलायतमा कोरोना भाइरससंग जुध्न २० हजार सैनिक तयारी अवस्थामा समेत रहेका रक्षा मन्त्रालयले जनाएको छ । ति सेना सडक, अस्पताल र अन्य प्रमुख स्थानमा परिचालन हुने रक्षामन्त्री बेन वालेसले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);