यूरोपमा एकैदिन पाँच सयको मृत्यु, इटालीमा मात्रै तीन सय ६८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

यूरोपमा एकैदिन पाँच सयको मृत्यु, इटालीमा मात्रै तीन सय ६८ जनाको मृत्यु

corona

एजेन्सी, ३ चैत । कोरोना भाइरसका कारण यूरोपका तिन देश इटाली, फ्रान्स र स्पेनमा एकैदिन पाँच सयको मृत्यु भएको छ । इटालीमा हिजोमात्रै तीन सय ६८ जनाको मृत्यु भएको छ । यो सँगै इटालीका कोरोनाभाईरसबाट ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।

स्पेनमा हिजो ९७ जनाले ज्यान गुमाएपछि मृतकको संख्या २ सय ८८ पुगको छ भने फ्रान्समा हिजो एकै दिन २९ जनाले ज्यान गुमाएका छन् । बेलायतमा हिजो १४ जनाले भाईरसको संक्रमणको कारण ज्यान गुमाएका छन् । युरोपका देशहरु अहिले कोरोना भाईरसको महामारीको केन्द्रबिन्दु बनेका छन् ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);