कोरोना भाइरस : इटालीमा पछिल्लो २४ घण्टामा १८९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

कोरोना भाइरस : इटालीमा पछिल्लो २४ घण्टामा १८९ जनाको मृत्यु

coronavirus italy

एजेन्सी, ३० फागुन । कोरोना भाइरसको संक्रमण १ सय २४ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ९ सय ७३ पुगेकोे छ । पछिल्लो २४ घण्टामा इटालीमा थप १ सय ८९ जनको मृत्यस भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

योसंगै इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १६ पुगेको छ । इरानमा मृतकको संख्या ४ सय २९ पुगेको छ । चीनमा पछिल्लो २४ घण्टामा १ जनाको मात्र मृत्यु भएको जनाइएको छ । त्यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ७० पुगेको छ ।

स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५ पुगेको छ । दक्षिण कोरियामा ६७, फ्रान्समा ६१, अमेरिकामा ४१, जापानमा १५, बेलायतमा ८, जर्मनीमा ६ ,नेदरल्याण्डमा ५, स्विटजरल्याण्डमा ४, र बेल्जियममा ३ जनाको मृत्यु भएको छ ।

भारतमा पनि कोराना संक्रमणबाट पहिलो मृत्युको रुपमा कर्नाटक राज्यमा एक जनाको ज्यान गएको छ । भारतको दिल्ली सरकारले कोराना भाइरस महामारी घोषणा गर्दै ३१ मार्चसम्मका लागि सबै सिनेमा घर, विद्यालय तथा कलेजहरु बन्द गर्न निर्देशन दिएको छ ।

विश्वस्वास्थ्य संगठन डब्लूएचओले कोरोनाभाइरसको संक्रमणलाई विश्वव्यापी महामारीको घोषणा गरेपछि विश्वका प्राय सबै मुलुकले सतर्कताका विभिन्न उपाय अपनाउन थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);