क्यानडाका प्रधानमन्त्री ट्रुडोकी श्रीमतीलाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

क्यानडाका प्रधानमन्त्री ट्रुडोकी श्रीमतीलाई कोरोना संक्रमण

trudeau-sophie

एजेन्सी, ३० फागुन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । क्यानडाको प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार, बेलायतमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागे र सामान्य ज्वरो आएपछि गरिएको परिक्षणबाट सोफी ग्रेगोइर ट्रुडोलाइ कोरोना संंक्रमण पुष्टि भएको हो ।

प्रधानमन्त्री जस्टिन ट्रुडो श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछिनै दुवैजना घरभित्रै क्वारेन्टाइनमा बसेका थिए । उनले आफु क्वारेन्टाइनमा बसेपनि नियमित काम जारी राख्ने बताएका छन् ।

यसैबीच कोरोनाले धेरै प्रभावित पारेको इटालीलाई सहयोग गर्न चिनियाँ विशेषज्ञको टोली रोम पुगेको छ । चीनको कोरोना संक्रमण नियन्त्रण हुदै गएको तर इटालीमा बढीरहेको कारण चिनियाँ विशेषज्ञको टोली रोम पुगेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);