काठमाडौं, २७ फागुन । सेयर बजारमा मंगलबार तेस्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि कारोबार पूर्ण रुपमा बन्द गरिएको छ ।
मंगलबार कारोबार शुरु भएको एक घण्टा वित्न नपाउँदै ४ प्रतिशतले ओरालो लागेर नेप्सेमा पहिलो पटक ब्रेक लागेको थियो ।
त्यसपछि खुलेको कारोबार दोस्रो पटक ५ दशमलव सुन्य २ प्रतिशतले घटेर १० मिनेटमै पुनः ब्रेक लाग्यो । फेरी तेस्रो पटक ६ प्रतिशतले घटेपछि नेपाल स्टक एक्सचेञ्जले मंगलबारको कारोबार पूर्ण रुपमा बन्द गरेको हो ।
शेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो ।
कारोबार स्थगन भएसँगै मंगलबार नेप्से परिसूचक ८६ दशमलव ३९ अंकले घटेर १३४९ दशमलव ३१ अंकमा झरेको छ । भने कारोबार रकम १ अर्ब ७ करोड रूपैयाँमै रोकिएको छ ।