झापा, २५ फागुन । कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापाले १५ बुँदे निर्णय गरेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण फैलदै गएपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले भाइरस नियन्त्रणका लागि १५ बुँदे निर्णय गरेको हो ।
बैठकले भारतबाट नेपाल प्रवेश गर्ने जो कोही व्यक्तिलाई मुख्य नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, लगायतसँगको सहकार्यमा कोरोना भाइरस परामर्श केन्द्रमा परामर्श गर्दै सहजीकरण गर्ने निर्णण गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईका अनुसार बजारमा देखिएको मास्क अभाव, स्यानिटाइजर, स्वास्थ्य सम्बन्धी उपकरणहरु लगायत स्वास्थ्यसंग अति आवश्यक उपभोग्य बस्तुको वारेमाा बजार अनुगमनलाई तीब्र रुपमा अगाडि बढाउने निर्णय भएको छ ।
नजिकिँदै गरेको होली लगायत सबै प्रकारका सभा-सम्मेलन, भेला तथा भीडभाड नगर्न, भीडभाडमा सामेल नहुन प्रशासन कार्यालयले आग्रह गरेको छ ।