धरानमा साहसिक खेल जिपलाइनको व्यासायिक सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

धरानमा साहसिक खेल जिपलाइनको व्यासायिक सुरुवात

zipline dharan

सुनसरी, २५ फागुन । प्रदेश १ मा पहिलो पटक सुनसरीको धरानमा साहसिक खेल पर्यटन अन्तर्गतको जिपलाइनको व्यासायिक सुरुवात भएको छ । करिब ३ करोडको लागतमा वल्डवाइड ग्रुप नेपाल प्रालिले धरान ४ स्थित भेडेटारदेखी देवीथानसम्म जिपलाइन सञ्चालनमा ल्याएको हो ।

भेडेटारको मुख्य प्रबेशद्वारमा टेकअप स्थान रहेको छ भने देवीथानमा ल्याण्डिङ गर्ने व्यावस्था गरिएको छ । जिपलाइनको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले समेत नीजि क्षेत्रसंग सहकार्य गरेर काम गर्न चाहेको बताउँदै भविष्यमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

करिब ६ सय ५० मिटरको दूरीमा रहेको जिपलाइनमा करिब ४५ सेकेण्ड मजा लिन सकिने कम्पनीले जनाएको छ ।

zipline dharan udghatan

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);