मास्कको आपूर्ति र उत्पादन बढाउन नीजि क्षेत्रसँग सहकार्य | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मास्कको आपूर्ति र उत्पादन बढाउन नीजि क्षेत्रसँग सहकार्य

office of pm

काठमाडौं, २२ फागुन । सरकारले मास्कको अपूर्ति र उत्पादन बढाउने विषयमा नीजि क्षेत्रसँग सहकार्य भइरहेको बताएको छ । नेपालमा कोरोना भाइरसको प्रभाव नदेखिएको भन्दै सरकारले संक्रमण हुनै नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको छ ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले सरकार र स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकतामा राखेर कोरोना नियन्त्रणको प्रयास गरिरहेको बताउनुभयो ।

मन्त्री खतिवडाले मुलुकभित्र कसैमा कोरोनाको संक्रमण नदेखिएको उल्लेख गर्दै बाहिरबाट हुनसक्ने संक्रमणबाट सबै सतर्क हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशी मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गरेर उच्च सतर्कता अपनाइएको समेत बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);