एजेन्सी, १० फागुन । कोरोना संक्रमित व्यक्तिहरु सवार बसमा यूक्रेनको एक शहरमा आक्रमण भएको छ । चीनबाट उद्धार गरेर ल्याइएका व्यक्ति ६ वटामा बसमा प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन् ।
चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान चढाएर पूर्वी युक्रेनको हार्किभ क्षेत्रमा ल्याइएको थियो । उनीहरूलाई ६ वटा बसमा राखेर अस्पताल लैजादैं गर्दा प्रदर्शनकारीहरूले बाटोमा आगो बालेर तथा ढुङ्गा हानेर विरोध गरेका हुन् ।
हमलापछि यूक्रेनका राष्ट्रपति वोल्दीमीर जेलेन्स्कीले नागरिकहरुलाई एकता देखाउन अपील गरेका छन् ।