सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ? | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

gold and silver

काठमाडौं, ९ फागुन । नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बन्नेक्रम शुक्रबार पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ७८ हजार १ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

बिहिबार प्रतितोला ७७ हजार ६ सय रुपैया पुगेर नयाँ रेकर्ड बनाएको सुनको मुल्य शुक्रबार ५ सय रुपैंयाले बढेको हो । यही फागुन ६ गतेयता नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बनिरहेको हो ।

शुक्रबार स्थानीय बजारमा तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँले बढेर तोलाको ७७ हजार ८ सय कायम भएको छ । यसदिन चाँदीको मूल्य भने तोलाको ९ सय १५ रुपैयाँमै स्थीर रहेको जनाइएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);