आवश्यकताले कानून मन्त्रालयको जिम्मेवारी पाएँ : मन्त्री शिवमाया | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आवश्यकताले कानून मन्त्रालयको जिम्मेवारी पाएँ : मन्त्री शिवमाया

काठमाडौं, ५ फागुन । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले आवश्यकताले कानून मन्त्रालयको जिम्मेवारी पाएको बताउनुभएको छ ।

पदभार सम्हालेपछि आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री तुम्बाहाङ्ले मन्त्रालयको जिम्मेवारी कसैले दिएको नभइ आवश्यकताले दिएको बताउनुभएको हो ।

उपसभामुखबाट राजीनामा दिएपछि कानून मन्त्रालय दिने योजना सहमति भएको थियो ? भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले कुनै योजनावद्ध नभइ आवश्यकताले जिम्मेवारी पाएको बताउनुभएको हो । ‘यो लिने दिने चिज होइन् । यो आवश्यकता हो । आवश्यकताले मन्त्रालयको जिम्मेवारी पाइएको हो’, उहाँले भन्नुभयो ।

उपसभामुख पदमा रहेर काम गर्दाको अवस्था र अहिलेको अवस्था फरक रहेको उल्लेख गर्दै तुम्बाहाङ्फेले संसदमा सिस्टम बसालेर आफु बाहिरिएको बताउनुभयो । गत माघमा राजीनामा दिँदै गर्दा आफुले युटर्न गर्छु भनेको थिए । त्यसै अनुसार मन्त्रालयको जिम्मेवारीमा आए ।

‘जिम्मेवारी निर्वाह गर्दा फिल्डभित्र बसेर काम गर्दा प्रभाव हुन्छ भनेर नै जिम्मेवारी सम्हालेको हुँ’, उहाँले भन्नुभयो । उहाँले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);