राजीनामा दिएपछि मन्त्री चौधरीले भनिन्– मन्त्रालयको नीतिगत सुधारका कामलाई प्राथमिकता दिएर काम गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राजीनामा दिएपछि मन्त्री चौधरीले भनिन्– मन्त्रालयको नीतिगत सुधारका कामलाई प्राथमिकता दिएर काम गरे

काठमाडौं । निःवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आफूले मन्त्रालयको नीतिगत सुधारका कामलाई प्राथमिकता दिएर काम गरेको बताउनुभएको छ ।

सोमवार मन्त्री पदबाट राजीनामा दिएसँगै मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै निःवर्तमान मन्त्री चौधरीले आफूले जिम्मेवारी सम्हालेदेखि नै विभिन्न नीतिगत सुधारका काम अघि बढाएको बताउनुभएको हो । उहाँले राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०७९ को मस्यौदा तयार गरेको र त्यसबाट ज्येष्ठ नागरिकहरु धेरै नै लाभान्वित हुने बताउनु भयो ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बापत पाउनुपर्ने रकम बैंकहरुले सम्बन्धित व्यक्तिकै हातमा पु¥याउनुपर्ने व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै अपांगता भएको व्यक्ति सम्बन्धी नीति तयार भएको, राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार भएको, बालकालिका सम्बन्धी ऐन २०७५, बालबालिका सम्बन्धी नियमावली २०७८ लाई स्वीकृति गरिएको पनि उहाँले बताउनु भयो ।

उहाँले आफ्नो पार्टी नेकपा(एमाले)ले गरेको निर्णय अनुसार मन्त्री पदबाट राजीनामा दिएको बताउनु भयो । निवर्तमान मन्त्री चौधरीले सरकार अस्थिर बन्दा देश र जनताले दुःख पाउने अवस्था रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);