शिक्षा क्षेत्रको विकासका लागि शिक्षा पत्रकारहरुको भूमिका महत्वपुर्ण : मन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

शिक्षा क्षेत्रको विकासका लागि शिक्षा पत्रकारहरुको भूमिका महत्वपुर्ण : मन्त्री पोखरेल

काठमाडौं, ५ फागुन । शिक्षा मन्त्री गिरीराज मणि पोखरेलले नेपालमा शिक्षा क्षेत्रको विकासका लागि शिक्षा पत्रकारहरुको भूमिका महत्वपुर्ण रहेको बताउनु भएको छ ।

सोमबार शिक्षा पत्रकार समुहद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री पोखरेलले शिक्षा पत्रकारीताकै कारण राजनीति मात्र मुख्य समाचार बन्ने नेपाली सञ्चार माध्यमहरुमा शिक्षा सम्बन्धी समाचारले पनि स्थान पाएको बताउनु भयो ।

गएको कार्तिकमा सार्बजनिक गरिएको शिक्षा नीति धेरै छलफलपछि ल्याइएको भएपनि त्यसको प्रभाव नदेखिदा गुनासोहरु आएको उहाँले स्वीकार्नु भयो । साथै शिक्षाको विकासका लागि सम्बन्धीत व्यक्तिहरुबीच छलफल आवश्यक रहेको पनि मन्त्री पोखरेलको भनाइ थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);