चीनबाट नेपाली ल्याउन वाइडबडी जहाज आज जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चीनबाट नेपाली ल्याउन वाइडबडी जहाज आज जाँदै

nepal airlines

काठमाडौं, ३ फागुन । कोरोनाको डरले स्वदेश आउन चाहेका एक सय ८५ नागरिक लिन विशेष तालिमप्राप्त टोली शनिबार जहाज लिएर चीनको हुबेई प्रान्तको वुहान सहर जाँदै छ । आन्तरिक व्यवस्थापकीय प्रयास थालेको १३ दिनपछि सरकारले उद्धार गर्न लागेको हो ।

नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका छ । साँझ ६:४५ मा वुहान पुग्ने र त्यसको दुई घन्टापछि नै काठमाडौं प्रस्थान गर्नेछ । नेपाली समयअनुसार आइतबार बिहान २:१५ मा नेपाल आइपुग्नेछ ।

बेइजिङस्थित नेपाली दूतावासले हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको छ । ‘हुबेई प्रान्तका विभिन्न ठाउँबाट पाँचवटा बसमा हाम्रा नागरिक शनिबार साँझसम्म वुहान पुर्‍याउँदै छौँ र वुहानमा रहेकालाई पनि सामेल गरेर स्वदेश फर्काउँछौँ,’ दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले नयाँ पत्रिकासँग भने । लम्सालका अनुसार चीन सरकारले नेपाली जहाज वुहान जान र फर्किन अनुमति दिइसकेको पनि उनले बताए ।

वुहान जाने स्वास्थ्यकर्मी, चालक दलका सदस्य, एम्बुलेन्सचालक, बसचालक, सरसफाइ कर्मचारीले तालिम पाइसकेका छन् । उनीहरूलाई शुक्रबार त्रिभुवन विमानस्थलमा डमीका रूपमा समेत तालिम दिइएको तालिमको नेतृत्व गरेका डा. हेमन्त ओझाले बताए । जहाजमा नेपाली सेनाका चार स्वास्थ्यकर्मी हुनेछन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);