अन्तर्राष्ट्रिय मुलुक र संघसंस्थालाई हेर्न छुट्टाछुट्टै डेस्क निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अन्तर्राष्ट्रिय मुलुक र संघसंस्थालाई हेर्न छुट्टाछुट्टै डेस्क निर्माण

sambandha samiti

काठमाडौं, २ फागुन । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अन्तर्राष्ट्रिय मुलुक र संघसंस्थालाई हेर्नका लागि छुट्टाछुट्टै डेस्क निर्माण गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले अन्तर्राष्ट्रिय व्यक्तित्वहरुसँग छलफल र समन्वयन गर्न सहज होस भन्ने उद्देश्य र एकरुपता कायम गर्न छुट्टाछुट्टै डेस्क निर्माण गरेको हो ।

बैठकमा समितिका सभापति पवित्रा निरौला खरेलले सार्क राष्ट्र हेर्ने चीन, मङ्गोलिया, दक्षिण कोरिया, उत्तर कोरिया, जापान, ताइवान हेर्ने , आशियान मुलुक हेर्ने, अफ्रिका, युरोपियन युनियन र उत्तर अमेरिका हेर्ने र अन्तर्राष्ट्रिय संघसंस्था तथा संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालय हेर्न तीन तीन जना सदस्य रहनेगरी डेस्क निर्माण गर्ने जानकारी दिनुभयो ।

सभापति निरौलाले सांसदहरु विदेश भ्रमणमा जानुपर्ने भएमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जानकारी गराएर मात्र जानुपर्ने र एक वर्षमा १-२ पटक मात्र विदेश भ्रमणमा जान पाउने व्यवस्था गर्न छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);