सिरहा, २९ माघ । सिरहामा एकजना कामदार मृत अबस्थामा भेटिएको छ । सिरहाको बिष्णुपुर गाउँपालिका १ मा सप्तरीको सिस्बा बल्ही घर भएका ३५ वर्षिय पुरन मण्डलको मृत्यु भएको हो ।
ओभरहेड पानी ट्यान्की निर्माण कार्यमा खटिएका मण्डल निर्माण स्थल नजिकै रहेको खाल्टोमा डुबेर मृत अवस्थामा बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मृतक मण्डल निर्माणधिन ओभरहेड पानी ट्यान्कीमा मजदुरमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता विनोद घिमिरेले बताए ।




