सप्तरीमा मुसहर परिवारको विचल्ली, चिसोकोमा पनि पाल मुनि बस्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

सप्तरीमा मुसहर परिवारको विचल्ली, चिसोकोमा पनि पाल मुनि बस्न बाध्य

सप्तरी, २७ माघ । सप्तरीको १२ दलित मुसहर परिवारको यतिखेर विचल्ली छ । अदालतको आदेश अनुसार घर भत्काएको एक साता वितिसक्दा पनि पुुनर्वास गराउनतर्फ कसैको ध्यान पुग्न नसक्दा उनीहरुको बिचल्ली भएको हो । चिसोको समयमा पनि पाल मुनि बस्न बाध्य भएको मुसहरहरुको गुनासो छ ।

सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका दलित मुसहर परिवार माघको चिसोमा पनि पाल मुनि बस्न बाध्य भएका छन् । सप्तरी जिल्ला अदालतको आदेश अनुसार बस्तीका १२ मुसहर परिवारको घर भत्काइएपछि उनीहरु पाल मुनि बस्न बाध्य भएका हुन् ।

स्थानीय रामबहादुर मण्डलले बस्ती बसेको जग्गा आफ्नो नाममा रहेको भन्दै अदालतमा हालेको मुद्दामाथि भएको फैसलाअनुसार मुसहर बस्ती भत्काइएपछि उनीहरु घरविहिन भएका हुन् ।

घर भत्काएको एक साता भन्दा बढी वितिसक्दा पनि पुनर्वास गराउन कसैले चाँसो दिएको छैन । तीन पुस्तादेखि बसोवास गर्दै आएको बस्ती पूर्व जानकारी विना नै भत्काइएका कारण खाद्यान्न र अन्नपात समेत निकाल्न नसक्दा दलित मुहसर परिवारको बिचल्ली भएको हो ।

घरविहिन भएपछि बस्ती उनीहरु नजिकै रहेको पोखरी किनारमा पाल मुनि बास बस्दै आएका छन् । चिसोको समयमा ओछ्यान विना नै रात विताउनु पर्ने बाध्यताका कारण सुत्न पनि नपाएको उनीहरुको गुनासो छ ।

आफुहरुको पुनर्वासका लागि सदरमुकाम राजविराज पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई सक्दा पनि कुनै निकासा नभएको उनीहरुको दुखेसो छ ।

यता, गाउँपालिका अध्यक्ष परमानन्द यादवले दलित समूदायलाई पुनर्वासको व्यवस्था मिलाउन प्रयास अघि बढाउने आश्वासन दिइरहनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);