भ्रष्टाचार मुद्दा खेपिरहेका चुडामणि शर्माको घरमा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

काठमाडौं, २ असोज । भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेका निलम्बित आन्तरिक राजस्व विभागका महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्यसचिव चुडामणि शर्माको घरमा विस्फोट भएको छ।

बूढानिलकण्ठमा रहेको घरमा गएराति परिचय नखुलेको समूहले विस्फोटक पदार्थ पड्काएको प्रहरीले जनाएको छ। विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको बूढानिलकण्ठ प्रभागका प्रहरी नायब निरीक्षक सुमन बानियाँले जानकारी दिए। यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

कर फछ्र्यौट गर्ने क्रममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध विशेष अदालतमा १० अर्ब २ करोड बढी मुद्दा दायर गरेको छ।

ताजा समाचार