नक्कली पीसीआर रिपोर्ट बनाउने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज विरुद्ध भ्रष्टाचार मुद्दा  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नक्कली पीसीआर रिपोर्ट बनाउने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यादवले नक्कली पीसीआर रिपोर्ट बनाएको पुष्टी भएपछि सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । केन्द्रका तत्कालीन ल्याब इन्चार्ज यादवले पीसीआर टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा यादवले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको छाप आफुखुशी बनाई दुरुपयोग गर्ने गरेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । यादवले प्रयोग गर्ने कार्यालयको कम्प्युटरको सीपीयूको फरेन्सिक परीक्षण गर्दा फेला परेका पीसीआर रिपोर्टहरु सबै नक्कली भएको समेत अख्तियारले जनाएको छ । 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका मानिसहरुको स्वाब संकलन गरी अनाधिकृत रुपमा रकम लिई स्वाबको परीक्षण नै नगरी गलत पीसीआर प्रतिवेदन उनले बनाउने गरेको अनुसन्धानमा खुलेको छ । रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिई उनले रिपोर्ट नेगेटिभ बनाउने गरेको अख्तियारले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);