ट्रम्पविरुद्व लगाइएको महाअभियोगको प्रस्ताव विफल | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

ट्रम्पविरुद्व लगाइएको महाअभियोगको प्रस्ताव विफल

trump acquitted by senate

एजेन्सी, २३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको प्रस्ताव विफल भएको छ । संसदको माथिल्लो सदन सिनेटले प्रस्तावलाई अनुमोदन गर्न अस्विकार गरेपछि राष्ट्रपति ट्रम्प महाअभियोग विफल भएको हो ।

सत्ताको दुरुपयोग गरेको र अमेरिकी संसद कांग्रेसको मानहानी गरेको आरोपमा ट्रम्पमाथि लगाइएको महाअभियोगको रिपब्लिकनको बहुमत रहेको सिनेटले राष्ट्रपति ट्रम्पलाई दोषमुक्त गर्ने पक्षमा मतदान गरेको थियो ।

एक सय सदस्यीय सिनेटमा शक्तिको दुरुपयोग गरेको अभियोगमा भएको मतदानमा उनको पक्षमा ५२ र विपक्षमा ४८ मत खसेको थियो । त्यसैगरी कांग्रेसको मानहानी गरेको र काममा आवरोध गरेको सम्बन्धमा भएको मतदानमा राष्ट्रपति ट्रम्पको पक्षमा ५३ र विपक्षमा ४७ मत परेको थियो ।

आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो–वाइडेनलाई कारबाही गर्न युक्रेनलाई दबाव दिएको आरोपमा उनीमाथि संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिम्भसले महाअभियोगको प्रस्ताव पारित गरेको थियो । महाअभियोग लागेर पनि प्रमाणित नहुने उनी अमेरिकाको तेस्रो राष्ट्रपति हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);