एजेन्सी, १८ माघ । ४७ वर्षको सम्बन्ध त्याग्दै बेलायत युरोपियन युनियनबाट बाहिरीएको छ । लामो बहसपछि बेलायत युरोपियन युनियनसँगको संलग्नाताबाट अलग भएको हो ।
बेलायत सरकारले युरोपियन युनियनबाट अलग भएको घोषणा गर्दा देशभर नै उत्सव मनाइएको छ । विभिन्न शहरमा भेला भएका सर्वसाधारणले बेलायतको झण्डा फहराएर सरकारको निर्णयको स्वागत गरेको जनाएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले जारी गरेको भिडियो सन्देशमा सन् २०१६ सालमा बेलायतलाई युरोपियन युनियनबाट अलग गर्ने अभियान संचालकका लागि यो सुखद क्षण भएको बताएका छन् ।
बेलायतको घोषणासँगै ब्रसेल्समा युरोपियन युनियनले बेलायतको झण्डासमेत हटाएको छ भने आगामी डिसेम्बरसम्म पुरानै कानुन लागू गर्ने स्पष्ट पारेको छ ।