युरोपेली संसद्‍द्वारा 'ब्रेक्जिट विथड्रल एग्रिमेन्ट’ अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

युरोपेली संसद्‍द्वारा ‘ब्रेक्जिट विथड्रल एग्रिमेन्ट’ अनुमोदन

brexit withdrawal agreement

एजेन्सी, १६ माघ । युरोपेली संसद्ले बेलायतको ईयू बहिर्गमनसम्बन्धी सम्झौता ‘ब्रेक्जिट विथड्रल एग्रिमेन्ट’ अनुमोदन गरेको छ । बेल्जीयमको ब्रसेल्सस्थित युरोपेली संसदमा भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिए भने ४९ सांसदले विपक्षमा मतदान गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

युरोपेली संसद्का अध्यक्ष डेभिड सासोलीले मत परिणाम घोषणा गरेर ईयूका तर्फबाट सहमति पत्रमा हस्ताक्षर गर्दै बेलायत ईयूबाट अलग्गिए पनि सधैं युरोपको भाग रहिरहने बताए । उनले ‘गुड बाई’ भन्न धेरै कठिन हुने पनि उल्लेख गरे ।

रोपियन कमिसन अध्यक्ष युर्सुला भोन डेर लियनले सांसदहरुमाझ ईयू ब्रेक्जिटपछि पनि बेलायतसँग निकट साझेदारका रुपमा रहन चाहेको बताइन् । बेलायतबाट प्रतिनिधित्व गर्ने सांसदले भने युनियन झण्डा प्रदर्शन गरेर ईयूसँग बहिगर्मनको हर्षोल्लास गरेका थिए ।

२१ वर्षदेखि युरोपेली संसद्मा प्रतिनिधित्व गरिरहेका बेलायतस्थित ब्रेक्जिट पार्टीका नेता नाइजेल फराजले च्याम्बरमा अन्तिम मन्तव्य दिँदै अब ईयूसँग छुट्टिएपछि कहिल्यै नफर्कने बताए। बेलायतले ४७ वर्षदेखिको ईयू सदस्यता यही शुक्रबार राति त्याग्ने तयारी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);