युरोपेली आयोगको नयाँ अध्यक्ष छान्न फ्रान्स र जर्मनिबीच मतभिन्नता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

युरोपेली आयोगको नयाँ अध्यक्ष छान्न फ्रान्स र जर्मनिबीच मतभिन्नता

france-germany

एजेन्सी, १५ जेठ । युरोपेली आयोगको अध्यक्ष कसलाई बनाउने भन्ने विषयम युरोपका दुई प्रमुख देश फ्रान्स र जर्मनीको मत विभाजित वनेको छ । हालै सम्पन्न युरोपेली संसदको निर्वाचनपछि दुइ देशविच अध्यक्ष नियुक्तिका विषयमा मत विभाजित भएको हो ।

युरोपेली संसदको निर्वाचन हालैमात्र सम्पन्न भएको छ । युरोपेली संसदको निर्वाचन सकिएसंगै युरोपेली आयोगको अध्यक्ष कसलाई बनाउने भन्ने विषयले युरोपेली संसदमा प्रबेश पाएको छ । अध्यक्ष चयनको प्रकृया शुरु भएसंगै युरोपेली संघका दुई प्रमुख देश फ्रान्स र जर्मनीबिचमा विवाद देखिएको हो ।

जर्मन चान्सलर एङ्गेला मर्केलले मध्य दक्षिणपन्थी उमेद्दवार मानफ्रेड वेबरलाई युरोपेली आयोगको नयाँ अध्यक्ष बनाउन चाहेकी छन । तर फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोले भने युरोपेली संघको नयाँ अध्यक्षको सम्भावित धेरै उम्मेदवारको सूचिमा समेत वेबरको नाम नराखेपछि दुई देशका बिचमा नयाँ अध्यक्षका विषयमा मतभिन्नता देखिएको हो ।

युरोपेली संसदको हालै सम्पन्न निर्वाचनबाट ठूला, मध्य दक्षिणपन्थी र मध्य वामपन्थी गुटले संयुक्त रूपमा आफ्नो बहुमत गुमाएका छन । उदारवादी, राष्ट्रवादी हरु प्रतिको जनसमर्थन युरोपेली संसदमा देखिएको छ । पछिल्लो चुनावले युरोपेली संघलाई विभाजित बनाएकोले सहमतिहरूमा पुग्ने काम कठिन हुनसक्ने विश्लेषण गरिएको छ ।

यसअघि सन २०१४ मा युरोपेली संघको अध्यक्षमा मध्य दक्षिणपन्थी युरोपियन पिपुल्स पार्टी (इपीपी) जँ क्लोड यङ्कर अध्यक्ष बनेका थिए । तर यसपाली सोही दलका वेबरका लागि उक्त पद पाउन कठिन हुने स्थिति देखिएको छ । यसपाली इपीपीले ७ सय ५१ सदस्यिय संसदमा १ सय ८० सिटमात्र जित्न सकेको छ । असअघि सन २०१४ मा २ सय १७ स्थान रहेको थियो ।

यद्यपि इपीपी अझै मुख्य गुटको रूपमा युरोपेली संसदमा रहेको छ । युरोपेली संसदको मत युरोपेली संघवाट ब्रिटेन वाहिरीने सन्दर्भसंग समेत जोडिएको विश्लेषण गरिएको छ । ब्रिटेनमा निगेल फरागको नयाँ ब्रेक्जिट पार्टीले जितेको छ । ब्रिटेनमा ब्रेक्जिट पक्ष र विपक्षमा उभिएका आधारमा पार्टीहरूलाई भोट गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन ।

उता इटली, फ्रान्स लगाएतका देशहरुमा राष्ट्रवादी दलहरू बिजयी भएका छन । ति देशहरुमा चरम दक्षिणपन्थीहरुको उपस्थिति रहन सकेको छैन । युरोपेली संघ जसलाई युरोपेली आयोग भन्छिन उक्त आयोग इयुका लागि नियम र युरोपेली कानुनका मस्यौदा बनाउने निकाय हो । हालका यङ्कर आफ्नो पाँच वर्षे कार्यकालको अन्तिम समय गुजार्दै छन् ।

इरोपेली युनियनमा कानुनी आधारहरु दिनुका साथै आयोग अध्यक्ष तथा अन्य कार्यकारी पदका पदाधिकारीको टुंगो लगाउने युरोपेली संसदले यसपाली कस्तो नेतृत्व चयन गर्छ? नेतृत्व चयनका लागि भिन्दाभिन्दै मत राखेका दुई प्रभावशाली मुलूक एकमत हुन सक्लान ? भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);