चीनमा कोरोना भइरसबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

चीनमा कोरोना भइरसबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

Coronavirus cases could be grossly

काठमाडौं, १२ माघ । चीनमा कोरोना भइरसबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो, २३ हजार ३ सय ४१ जनामा भाइसरको संक्रमण पुगेको छ ।

शनिबारसम्म ४१ जनाको मृत्यु गएको चीनमा विगत २४ घण्टामा थप १५ जनाको मृत्यु भएको हो । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार ६६८ जनामा थप संक्रमण भेटिएको छ । अहिलेसम्म चीनमा २३ हजार ३ सय ४१ जना संक्रमीत रहेको र ती मध्ये २१ हजार ५ सय ५६ जना डाक्टरको प्रत्यक्ष निगरानीमा रहेको जनाइएको छ ।

ती मध्ये ३ सय २५ जना भने उपचारपछि घर फर्किसकेका छन् । गत महिना चीनको वुहानमा फेला परेको नयाँ भाइरस कोरोनाले महामारीका रुपमा लिएपछि राष्ट्रपति सी चिङपिङ चिन्ता व्यक्त गरेका छन्।

उनले कोरोना प्रकोपका कारण चीनमा भयावह रुप लिएको बताउँदै रोकथामका लागि तत्काल पहल थाल्न सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिएका छन् ।