राष्ट्रिय सभा निर्वाचनको मत परिणामले नेपाली कांग्रेस झनै खुम्चियो | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

राष्ट्रिय सभा निर्वाचनको मत परिणामले नेपाली कांग्रेस झनै खुम्चियो

nepali congress

काठमाडौं, १० माघ । राष्ट्रियसभा निर्वाचनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस झनै खुम्चिएको छ । संसदमा सत्तारुढ दल झन ठूलो र प्रतिपक्षी दल झन सानो भएको छ ।

१८ सदस्यका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दलले १६ स्थानमा बिजयी हासील गर्दा विपक्षी दल कांग्रेसलाई शून्य हात लागेको छ ।

संसदमा सशक्त प्रतिपक्षीको भुमिका खेल्न नसकेको भनेर आम नागरिकको गुनासो बढिरहेका बेला राष्ट्रिय सभाको निर्वाचनले झनै कमजोर बनाएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाको बर्चस्व बढेको छ । १८ पदका लागि बिहीबार भएको निर्वाचनमा १६ स्थान जितेसँगै राष्ट्रिय सभामा नेकपाको दुई तिहाइ सदस्य भएको छ ।

५९ सदस्यमा नेकपाको मात्र ५० सदस्य हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १३ सदस्य रहेकोमा ७ पद गुमाउँदै ६ सदस्यमा सीमित भएको छ । राजपाको २ र समाजवादी पार्टीको एक सदस्य रहेको छ । रिक्त १ पद भने सरकारको सिफारीसमा राष्ट्रपतिले मनोनीत गर्न बाँकी छ ।

कांग्रेस र समाजवादीले पुराना सिट गुमाउँदा सत्तारुढ दल नेकपाले भने पहिलेको संख्यामा ८ सिट थप गरि ५० सदस्य पुर्याउन सफल भएको छ। यसबाट सत्तारुढ दललाई अब कुनै पनि बिधेयक राष्ट्रिय सभाबाट पारित गर्न सजिलो भएको छ ।

माथिल्लो सदन राष्ट्रिय सभामा नेपाली कांग्रेस अब अल्पमतमा परेको छ । राष्ट्रिय सभा निर्वाचनमा नेकपाले राजपासंग तालमेल गरेको थियो भने कांग्रेसले समाजवादी पार्टीसँग ।

नेकपासंगको गठबन्धनबाट राजापालाई समेत फाइदा भएको छ भने कांग्रेस गठबन्धनका दुबैलाई घाटा भएको छ । राजपासँग कांग्रेसले चुनावी तालमेल गर्न सकेको भए २ नं प्रदेशमा कांग्रेसले १ सीट जोगाउन सक्थ्यो तर कांग्रेसका नेतृत्वको राजनीतिक गर्ने शैलीका कारण आउन सक्ने १ सीट पनि गुम्न पुग्यो ।

राष्ट्रिय सभाका उम्मेद्वारलाई प्रदेश सभाका सदस्य नगरपालीकाका मेयर र उपमेयर तथा गाउँपालीकाका अध्यक्ष र उपाध्यक्षले मात्र मतदान दिन पाउने ब्यबस्था छ ।

राष्ट्रियसभाको प्रत्यक दुइ बर्षमा १ तिहाइ सदस्यको समयावधी सकिने ब्यबस्था छ । निर्वाचित १८ सदस्यको पदावधि अब ६ वर्षको हुनेछ । निर्वाचितहरुले फागुन २१ गतेबाट राष्ट्रिय सभाको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);