राष्ट्रिय सभा निर्वाचन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रिय सभा निर्वाचन सम्पन्न

काठमाडौं, ९ माघ । देशका सातै प्रदेशमा बिहीबार राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको छ । आगामी फागुन २१ बाट रिक्त हुन लागेको राष्ट्रियसभाको १८ सिटका लागि देशका सातवटै प्रदेशमा भएको निर्वाचन सम्पन्न भएको हो ।

यस्तै राष्ट्रियसभा निर्वाचन अन्तर्गत वागमती प्रदेशमा पनि मतदान उत्साहजनक रहेको थियो । ललितपुरको जावलाखेलमा मतदान भएको थियो । वागमती प्रदेशमा ६ जना उमेद्वार तथा प्रदेश सांसद र स्थानीयतहका प्रतिनिधि गरी कुल ३ सय ४८ मतदाता रहेका छन् ।

वागमती प्रदेशमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी कुल २ सय ३८ तथा प्रदेशसभा अन्र्तगत १ सय १० प्रदेश सांसदले मतदान रहेका छन् ।

निर्वाचन अन्तर्गत प्रदेश ३ मा पनि उत्साहजनक सहभागिता रह्यो । मतदाताहरु मत खसाल्नका लागि दुई दिन अघि नै काठमाडौ आईसकेका थिए । राष्ट्रियसभाको निर्वाचनमा मत खसाल्न पाउँदा उनीहरु खुसी देखिन्थे ।

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ मा ३ सय ६७, प्रदेश २ मा २ सय ७२, वागमती प्रदेशमा ३ सय ४८, गण्डकीमा २ सय ३० मतदाता छन् ।

त्यसैगरी, प्रदेश ५ मा ३ सय ५, कर्णालीमा १ सय ९८ र सुदूरपश्चिममा २ सय २९ मतदाता छन् । मतदानमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ । १८ सदस्यका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);