राष्ट्रिय सभामा रिक्त पदका लागि आज सातै प्रदेशमा निर्वाचन हुँदैछ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रिय सभामा रिक्त पदका लागि आज सातै प्रदेशमा निर्वाचन हुँदैछ

rastriya sava

काठमाडौं, ९ माघ ।  निर्वाचन आयोगले सात प्रदेशमा मतदान हुने स्थान बुधबार सार्वजनिक गरेको थियो । आयोगका अनुसार प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदान हुनेछ। प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवन, वागमती प्रदेशमा ललितपुर महानगरपालिका ४ वडासमितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीमा मतदान हुनेछ ।

त्यस्तै प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माध्यमिक विद्यालयमा केन्द्र तोकिएको आयोगले जनाएको छ ।

प्रदेश १ मा प्रदेश सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख गरि ३६७, प्रदेश २ मा २७२, वाग्मती प्रदेशमा ३४८, गण्डकीमा २३० मतदाता छन । त्यसैगरी, प्रदेश ५ मा ३०५,कर्णालीमा १९८ र सुदुरपश्चिममा २२९ मतदाता छन् । राष्ट्रिय सभामा रिक्त १८ जनाका लागि हुने मतदानमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखरउप प्रमुखको मतभार १८ हुन्छ । १८ सदस्यका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);