राष्ट्रिय सभा निर्वाचनको मतगणना जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनको मतगणना जारी

nirbachan ayog new

गण्डकी प्रदेशबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ बिजयी

काठमाडौं, ९ माघ । राष्ट्रिय सभाका १८ सिटका लागि सातै प्रदेशमा मतदान सम्पन्न भएको छ  । निर्वाचन आयोगले बिहिवार बिहान १० बजेदेखि ४ बजेसम्म मतदान गर्ने समय तोकेको थियो ।

मतदान सकिएलगतै आयोगले मतगणना शुरु गरेको छ । मतगणनाको पछिल्लो परिणम अनुसार गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित हुनुभएको छ ।

निर्वाचन लगत्तै भएको मतगणनामा श्रेष्ठले ३हजार ४ सय ६२ र न्यौपानेले ३ हजार ३सय ६६ मतभार ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ अर्थात १९ जनाको दुईवर्षे पदावधि आगामी फागुन २० गते सकिँदै छ । पदावधि सकिनेमा एक जना राष्ट्रपतिबाट मनोनीत रहेकाले सो ठाउँमा सोही प्रक्रियाबाट पदपूर्ति हुनेछ ।

१८ सदस्यका लागि आज मतदान भएको हो । राष्ट्रिय सभामा हाल रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसका १३ मध्ये ७, राजपाका २ मध्ये २ र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि सकिन लागेको हो । अब निर्वाचित हुनेको पदावधि ६ वर्ष हुनेछ । उनीहरूले आगामी फागुन २१ गतेबाट जिम्मेवारी सम्हाल्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);