अग्नि सापकोटाको बिरोध गर्नुको कुनै औचित्य छैन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

अग्नि सापकोटाको बिरोध गर्नुको कुनै औचित्य छैन : प्रचण्ड

काठमाडौं, ८ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघर मण्डलामा प्रदर्शन गर्नुको औचित्य नभएको बताउनु भएको छ ।

बुधवार समाजवादी पार्टी छोडेर नेकपा प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै दाहालले सभामुखका बिषयमा सिंगो राष्ट्र नै एक ठाउँमा उभिएका बेला दुख गरेर प्रदर्शन गर्नुको कुनै औचित्य नभएको उल्लेख गर्नुभयो ।

बुधबार दिउँसो मावनअधिकारवादीहरुले अदालतमा मुद्धा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिभएको भन्दै विरोध प्रदर्शन गरेका थिए । दाहालले त्यसको जवाफमा उक्त कुरा बताउनु भएको हो ।

उहाँले सभामुखमा सापकोटालाई नेपाली कांग्रेसले समेत समर्थन गरेको भन्दै सबै मिलेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

दाहालले समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई समृद्धि र बिकासका लागि नेकपामा आउन समेत आग्रह गर्नुभयो ।

बुधवार समाजवादी पार्टीका केन्द्रीय सदस्य रामप्रसाद रिजाल लगायतका कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । दाहालले नेकपा सरकारको नेतृत्वकर्ता भएको नाताले प्रतिपक्षी दलहरूसँग हातेमालो गरेर अघि बढन चाहेको समेत उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);