बुधबार शेयरबजार परिसूचक नेप्से ७.५ अंकले घट्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बुधबार शेयरबजार परिसूचक नेप्से ७.५ अंकले घट्याे

काठमाडौं, ८ माघ । बुधबार शेयरबजार परिसूचक नेप्से ७ दशमलव ०५ अंकले घटेर परिसूचक १हजार ३सय १३दशमलव ४२ अंकमा पुगेको छ ।

१ सय ७८ कम्पनीका ४९ लाख १४ हजार ४ सय ३७ कित्ताशेयर १५ हजार ५ सय ८ पटकको कारोबारबाट १ अर्ब ५८ करोड १३ लाख ८१ हजार ३ सय ६४ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २दशमलव १३ अंकले घटेर २ सय ८२ दशमलव ३० अंकमा पुगेर बन्द भएको छ । बुधबार जीवन बीमा समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ।

जीवन बीमा समूहको परिसूचक १ सय ६२ दशमलव ७४ अंकले उकालो लागेको हो । सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको ६१ करोड १२ लाख बढीको कारोबार भएको छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८दशमलव ४७ प्रतिशतले कमाएका छन भने पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८दशमलव ६९ प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);