काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखका लागि उम्मेदवार नउठाउने निर्णय गरेको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सभामखुका लागि उम्मेदवार नउठाउने निर्णय गरेको हो ।
राष्ट्रियसभा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको बताउनुभयो ।
पाण्डेका अनुसार उपसभामुखमा उम्मेदवारी दिने नदिने विषयमा भने मंगलबार कुनै निर्णय भएको छैन् । सभामुख चयनपछिको राजनीतिक घटनाक्रम कसरी अगाडी बढ्छ त्यही अनुसार उपसभामुखका विषयमा छलफल गरिने उहाँले जानकारी दिनु भयो ।