डडेल्धुराको पर्यटकीय क्षेत्र अमरगढी किल्ला जाने सडक हिलाम्मे | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

डडेल्धुराको पर्यटकीय क्षेत्र अमरगढी किल्ला जाने सडक हिलाम्मे

डडेल्धुरा, ६ माघ । डडेल्धुराको पर्यटकीय क्षेत्रहरुमध्ये एक अमरगढी किल्ला जाने सडक हिलाम्मे हुँदा स्थानीय लगायत पर्यटकहरुलाई निकै सास्ती भएको छ । अमगगढी किल्ला जाने तुफानडाँडा–टुडिखेल सडकलाई २ लेनमा विस्तार गर्ने क्रममा निर्माण सडक हिलाम्मे बनेको हो । हिलाम्मे सडकले भ्रमण बर्षलाई नकरात्मक प्रभाव पार्ने स्थानीयहरुको भनाई छ ।

२०२० लाई भ्रमण बर्षका रुपमा मनाइरहेका बेला जिल्ला जिल्लाका पर्यटकीय क्षेत्रहरुको पनि पहिचान गरी प्रचार प्रसार भईरहेका छन् । डडेल्धुरामा पनि ऐतिहासिक अमरगढी किल्लालाई लक्षित गरी घुम्न जाऔँ अमरगढी नाराका साथ अमरगढी नगरपालिकाले तामझामका साथ भ्रमण बर्षको उद्घाटन ग¥यो । तर अमरगढी किल्ला जाने तुफानडाँडा–टुडिखेल सडक हिलाम्मे भएर सर्वसाधारणहरुले सास्ती खेपिरहेका छन् ।

निर्माणाधिन सडकमा सवारी साधन आवतजावत गर्न त समस्या छ नै बिहान बेलुकी हिँड्डुल गर्न समेत निकै समस्या भइरहेको बिद्यार्थीहरुको गुनासो छ ।

खानेपानी योजनाको पाईपलाईन बिस्तारबाट सडक थप हिलाम्मे भएको छ । अमरगढी नगरपालिका–४ र ५ जोड्ने तुफानडाँडा–टुडिखेल १७ सय मिटर लम्बाईको निर्माण गर्ने जिम्मा खड्का मीनु जेभी, अमरगढी डडेल्धुराले ०७५ साल फागुन १० गते पाएको थियो ।

सडक संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी कैलालीको ४ करोडको लगानीमा सुबिधा सम्पन्न आधुनिक २ लेनको सडक निर्माण गरिरहेको छ । आगामी ०७७ फागुन २५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने सडकको बिभिन्न स्थानमा विवाद बढ्दै गएका छन् । जसका कारण सडक निर्माणमा समेत ढिलाई भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);