राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार रातिदेखि मौनअवधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार रातिदेखि मौनअवधि

nirbachan ayog

काठमाडौं, ५ माघ । माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि माघ ६ गते राति १२ बजेबाट मौनअवधि सुरु हुने भएको छ । निर्वाचन आयोगद्वारा आइतबार जारी बिज्ञप्तिमा निर्वाचन मौन अवधिमा निर्वाचन आचारसंहिता कडाईका साथ लागु गर्ने जनाइएको छ । मौनअवधि सुरु भएपछि प्रचार प्रसार गर्न पाइने छैन ।

आयोगले निर्वाचन आचार संहिता बमोजिम ४८ घण्टा अगाडि अर्थात माघ ६ गते सोमबार राति १२ बजे देखि मौन अवधि शुरु हुने भन्दै मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार कार्य गर्न गराउन नपाइने जनाएको छ ।

‘मौन अवधिमा आफ्ना वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस जस्ता सामाजिक संजाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न निषेध गरिएको छ । आयोगले मौन अवधिमा आचार संहिताको पूर्णपालना गर्न गराउन सम्पूर्ण निर्वाचन सरोकारवालासँग आग्रह गरेको छ ।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्ने गराउने कार्यमा सहयोग पुर्‍याउन पनि सबै मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, समाजसेवी, पत्रकार, विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्ति लगायत आमनागरिकलाई निर्देश गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);