दैनिक ४५ लिटर निःशुल्क खानेपानीको व्यवस्था गर्न सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दैनिक ४५ लिटर निःशुल्क खानेपानीको व्यवस्था गर्न सांसदको माग

bikash samiti-khanepani

काठमाडौं, ५ माघ । सांसदहरुले नागरिकका लागि दैनिक न्यूनतम ४५ लिटर गुणस्तरीय खानेपानीको निशुल्क व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । संसदको विकास तथा प्रतिधि समितिको आईतबार बसेको बैठकमा सांसदहरुले नागरिकहरुलाई निःशुल्क गुणस्तरीय खानेपानीको व्यवस्था गर्नु पर्नेमा जोड दिएका हुन् ।

संसदको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा सांसद खगराज अधिकारीले पानी खान पाउने नागरिकको मौलिक हक भएकाले पैसा तिर्न नसक्नेलाई निःशुल्क गुणस्तरीय पानीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गरिब नागरिकका लागि सरकारले न्युनतम दैनिक ४५ लिटर गुण्स्तरीय खानेपानीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

त्यसैगरी सांसद रंगमति शाहीले गाउँगाउँमा शुल्क तिरेर पानी खाने अवस्था रहेको र गरिबले ऋण धन गरेरै भएपनि धारा बनाउनु परेको भन्दै निःशुल्क खानेपानीको पानीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद गणेशकुमार पहाडीले भने पैसा तिर्न नसक्ने नागरिकको घरघरमा धारा पु¥याउन राज्यको अवस्थाले नसक्ने भएकाले सार्ववनिक धाराको उपयोग गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी सांसद विन्दा पाण्डेले संविधानले खानेपानीको पहुँचलाई मौलिक हकको रुपमा लिएको तर निःशुल्क वितरण हुनु पर्ने भन्ने नरहेको बताउँदै सार्वजनिक धारा निःशुल्क नै हुने गरेको उल्लेख गर्नुभयो ।

बैठकमा खानेपनी मन्त्रालयका सचिव माधव बेल्बासेले निःशुल्क खानेपानीको व्यवस्था गर्दा देशभर ४२ देखि ४३ हजार खानेपानी आयोजनाको लागि सञ्चालन खर्च समेत सरकारले ब्यहोर्ने स्थिति आउने बताउनु भयो

बैठकमा अधिकांस सांसदहरुले निजी धारा निर्माण गरिएपछि खानेपानीको न्युनतम शुल्क तिर्नुपर्ने र सार्वजनिक धारामा शुल्क लिन नहुनेमा जोड दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);