युभेन्ट्स कोपा ईटालिया फुटबलको क्वाटरफाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

युभेन्ट्स कोपा ईटालिया फुटबलको क्वाटरफाईनलमा प्रवेश

एजेन्सी, ०२ माघ ।  बुधबार राति भएको खेलमा युभेन्ट्सले यूडिनीजलाई ४–० गोल अन्तरले हराउँदै प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको हो । युभेन्ट्सको जितमा पाउलो ड्याबालाले दुई तथा गोन्जालो हिग्युन र ड्युगलस कोस्टाले समान एक–एक गोल गरे । गोन्जालो हिग्युनले १६ औ मिनेटमा गोल गर्दै युभेन्ट्सले अघि बढाएका थिए ।

२६ औ मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे । ५७ औ मिनेटमा पेनाल्टी मार्फत उनैले ब्यक्तिगत दोस्रो गोल गरे । कोस्टाले ६१ औ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई शानदार जित दिलाए ।

यस्तै, पाँच पटकको कोपा ईटालियाको विजेता एसी मिलानले समेत स्पेललाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।