काठमाडौं, २९ पुस । सार्वजनिक सरवारी साधनमा अश्लिल हर्कत गरी सामाजीक संजालमा भाइरल गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन सार्की भन्ने रविन रुचाललाई पक्राउ गरि मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
महाशाखाको टोलीले सोमबार सार्कीलाई चितवनबाट नियन्त्रणमा लिएको थियो । सार्कीले १ बर्ष अघि सार्वजनिक बसमा यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा धेरैले आलोचना गरेका थिए । त्यसपछि सार्की भागेर भारतको दिल्ली पुगेका थिए । करिव २ महिना अघि उनी चितवन फर्किएका थिए ।
त्यसअघि काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका सार्कीले पैसा कमाउनका लागी बसमा हस्तमैथुन गरेको भिडिओ बनाएर अपलोड गर्ने गरेकोे अनुसन्धानबाट खुल्न आएको महाशाखाका प्रमुख सहकुल बहादुर थापाले जानकारी दिनुभयो ।
सार्कीले उक्त भिडिओ २०७५ साउनमा बनाएर र मंसिरमा अपलोड गरेका थिए । उक्त भिडिओ भाइरल भएपछि सार्की भारत भागेको प्रहरीले जनाएको छ ।