‘रोनाल्डो’ले घर भत्काउँदा संसद्‌मा तरंग | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

‘रोनाल्डो’ले घर भत्काउँदा संसद्‌मा तरंग

ronaldo hatti

चितवन, २६ पुस । चितवनमा ०६६ देखि ०६९ सालको हिउँदसम्म जंगली हात्ती ‘ध्रुवे’को आतंक थियो । उसले १५ जनाको ज्यानसमेत लियो । ध्रुवेले त्यसबेला संसद्मा पनि चर्चा पाएको थियो । अहिले ध्रुवे शान्त छ तर जंगली हात्तीका कारण पश्चिम चितवनको मेघौली क्षेत्र भने अशान्त छ । वडा कार्यालय, हानगरपालिका हुँदै जंगली हात्ती नियन्त्रणको स्वर संसद्सम्म उठेको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २७, र २८ को वडा कार्यालय भवन, निकुञ्जको मेघौली मध्यवर्ती उपभोक्ता समितिका कार्यालय र पोस्टमा बुधबारदेखि स्थानीयले ताला लगाएका छन् । भरतपुर महानगरपालिकाका मेयर, प्रशासकीय अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, निकुञ्जका प्रमुख संरक्षण अधिकृत, जिल्लाका प्रहरी प्रमुखको टोली नै मेघौली पुगेर स्थानीयसँग छलफल गरेका छन् ।

राष्ट्रिय सभामा सांसद पार्वती रावल दिलकुमारीले बिहीबार मेघौली क्षेत्रमा फैलिएको जंगली हात्तीको ‘आतंकलाई’ नियन्त्रण गर्नुपर्ने र स्थानीय ढुक्कसँग बस्न पाउने अवस्था सिर्जना गर्न माग गरिन् । स्थानीयका अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर २७ र २८ मा पर्ने मेघौली क्षेत्रमा ‘रोनाल्डो’ र ‘गोविन्दे’ नाम गरेका दुईवटा जंगली भाले हात्तीले गाउँमा दु:ख दिइराखेका छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);