सवारीसाधनको व्यापार २० प्रतिशतले घट्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

सवारीसाधनको व्यापार २० प्रतिशतले घट्यो

rastra-bank

काठमाडौं, २४ पुस । नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेसँगै सवारी साधनको व्यापार घटेको छ । राष्ट्र बैंकले पुष पहिलो साता ऋणीले लिने कर्जाको भुक्तानी कर तिरेको आम्दानीको ५० प्रतिशत भन्दा बढी नहुने गरी व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएको थियो ।

त्यसको असर सवारीसाधन क्षेत्रमा देखिएको छ । पछिल्लो केहि दिन यता सवारीसाधनको विक्री २० प्रतिशतले घटेको नाडा अटोमोबाईल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकले भने ऋण लिएपछि तिर्ने क्षमतामा सुनिश्चितता कायम गर्न यस्तो नीति लागू गरेको जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले यो नीतिले कर्जा लिने तर भविष्यमा तिर्न नसक्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँले सवारी साधनको व्यापार सुरुमा घटेपनि भविष्यमा राम्रै फाइदा पुर्‍याउने उल्लेख गर्नु भयो ।

व्यवसायीहरुले चालु आर्थिक वर्षमा सवारी साधनको विक्री घटेको र राष्ट्र बैंकले पछिल्लो समय लागू गरेको व्यवस्थाका कारण अभैm व्यापार घट्ने बताएका छन् । यसले समग्र अर्थतन्त्रमा असर पार्ने नाडाको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);