पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्यो : राष्ट्र बैंक | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्यो : राष्ट्र बैंक

rastra-bank

काठमाडौं, २३ पुस । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ । पुस १ गते यता बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बैंक तथा वित्तीय क्षेत्रमा ३३ खर्ब रुपैयाँ भन्दा बढी निक्षेप पुगेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा बढी आक्रामक देखिएका छन् ।

पुस १ यता बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २९ अर्ब ९३ करोड रुपैयाँले बढेर ३१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप भन्दा कर्जा लगानी झण्डै २ अर्बले बढी छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता भट्टले निक्षेप भन्दा कर्जा लगानी केही बढी भएपनि वित्तीय प्रणालीमा प्रयाप्त तरलता रहेको बताउनुभयो ।

बुधबार बैंक तथा वित्तीय संस्थाहरुमा ४६ अर्ब रुपैयाँ तरलता रहेको छ । त्यस्तै बैंकहरुको कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी) रेसियो ७८ प्रतिशत रहेको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);