प्राचिन तिलौराकोट दरबार क्षेत्रमा उत्खनन् सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

प्राचिन तिलौराकोट दरबार क्षेत्रमा उत्खनन् सुरु

tilaurakot utkhanan

कपिलवस्तु, २४ पुस । नेपाल सरकार पुरातत्व विभाग, बेलायतको दुरह्याम विश्वविद्यालय, लुम्बिनी विकास कोष लगायतको टोलीले प्राचिन कपिलवस्तु दरबार क्षेत्रमा उत्खनन् सुरु गरेको छ ।

युनेस्को जापानिज फण्ड्स इन ट्रष्टको आर्थिक सहयोगमा बुधबारदेखि उत्खनन् कार्य सुरु गरिएको हो । अनुसन्धान गर्ने क्रममा उत्खन्न संरक्षण र अन्वेषणका कार्यहरु अगाडि बढाइएको पुरातत्व विभागका प्रवक्ता एवं प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताउनु भयो ।

यस बर्ष तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्स, समयमाई मन्दिर, कन्थक स्तुुपा, शिवगढ र तिलौराकोटको उत्तरतर्फको खाली ठाउँमा उत्खनन् गरिने बताइएको छ ।

त्यस्तै, शिवगढ र तिलौराकोटको उत्तर बाहिर खाली ठाउँमा रहेको स्थलमा पहिलो पटक उत्खनन गर्न लागिएको छ । यसबाट तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न आवश्यक पर्ने प्रमाण जुटाउन सजिलो हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);