कपिलबस्तुको दोहनीकोटमा अत्याधुनिक उपकरण प्रयोग गरी उत्खनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलबस्तुको दोहनीकोटमा अत्याधुनिक उपकरण प्रयोग गरी उत्खनन्

शम्भू माली,२१ फागुन,कपिलवस्तु ।
कपिलवस्तुको दोहनी गाउँ विकास समिति स्थित पुरातात्विक स्थलको रुपमा रहेको दोहनीकोट उत्खनन् हुन थालेको छ ।आधा दर्जन विदेशी पुरातत्वविद् सहित नेपाली टोलीले यस बर्ष प्राचिन कपिलवस्तु स्थित दोहनीकोटमा अन्बेशण र उत्खनन्

कपिलबस्तुको दोहनीकोटमा अत्याधुनिक उपकरण प्रयोग गरी उत्खनन्

शम्भू माली,२१ फागुन,कपिलवस्तु ।
कपिलवस्तुको दोहनी गाउँ विकास समिति स्थित पुरातात्विक स्थलको रुपमा रहेको दोहनीकोट उत्खनन् हुन थालेको छ ।आधा दर्जन विदेशी पुरातत्वविद् सहित नेपाली टोलीले यस बर्ष प्राचिन कपिलवस्तु स्थित दोहनीकोटमा अन्बेशण र उत्खनन् सुरु गरेका छन ।

बेलायतको दुर्हम विश्व विद्यालय, पुरातत्ब बिभाग र लुम्बिनी बिकास कोषका बिज्ञ तथा पुरातत्वबिद्को टोलीले अत्याधुनिक प्रबिधिका उपकरण प्रयोग गरेर पुरातात्बिक मुल्य मान्यता अनुसार उत्खनन् थालिएको  हो । टोलीले दोहनीकोट उत्खनन गर्ने बताएको छ ।दोहनी कोटमा स्तुपाकार एक अग्लो ढिस्को रहेको छ । त्यहा एक प्राचीन ईनार पनि छ । कोटमा पुराना ईटाका टुक्रा र माटोले बनेका भाडाकुडाहरु पाईएका छन । स्तुपाकार ढिस्कोमा हिन्दु धर्माबलम्बीहरुले हात्ती र समयमाई मन्दिर बनाई पुजाआजा गर्दै आएका छन ।

दोहनीकोेटमा जियो फिजिक्स गर्दा जमिन मुनि एउटा ठुलो मानव बस्तीको शहर देखिए पछि यस कोटको उत्खन्न गर्नका लागी लुम्बिनी बिकास कोष र पुरा तत्व बिभागले बजेट छुट्टयाई उत्खन्न शुरु गरिएको हो । यस कोटको रिर्सच गर्नका लागी उत्खन्न गरिएको लुम्बिनी विकास कोष रुपन्देहीका सदस्य राजेश  ज्ञवालीले वताउनुभयो ।

वास्तवमा दोहनी कोट आफै महत्वपुर्ण स्थल हो । त्यसैले गर्दा यसको उत्खनन् शुरु भएको हो । दोहनी कोट चरै तिर खुल्ला भएकोले गर्दा यसलाई तार बार गर्नका लागि लुम्बिनी बिकास कोष, पुरा तत्व बिभागसँग मिलेर संरक्षण गर्नका पहल गर्ने बताएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);