अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन

Donald Trump

एजेन्सी, २४ पुस । अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन, इरानमाथि नयाँ नाकाबन्दी लगाउने घोषणा गर्नुभएको छ ।

इरानले दुई अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेपछि बुधबार राष्ट्रका नाममासम्बोधन गनुभएका राष्ट्रपति ट्रम्पले इरानविरुद्ध नयाँ नाकाबन्दी लगाउने र अन्य विकल्कहरु पनि हेरिरहेको बताउनुभएको हो । इरानले अमेरिकी सैन्य अड्डामा गरेको आक्रमणबाट अमेरिकी सेनातर्फ कोही हताहती नभएको समेत ट्रम्पको भनाई छ ।

सम्बोधनका क्रममा ट्रम्पले अमेरिकाले साँच्चै गर्व गर्नुपर्ने अवस्था रहेको कोही पनि अमेरिकीलाई कुनै हानी नभएको बताउनुभएको छ । आफू राष्ट्रपति रहुञ्जेल इरानलाई आणविक अस्त्र प्रयोग गर्न नदिने उहाँको भनाई थियो । गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर इरानी सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट सम्बोधन गर्नुभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);