शर्माले मागे सरकारसँग ४० करोड : एक पैसा पनि नदिने मन्त्रीको जवाफ | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

काठमाडौँ, ३० भदौ । साझा प्रकाशनका विवादित अध्यक्ष डोलिन्दप्रसाद शर्मासहित सञ्चालक समितिका केही सदस्यले शिक्षा मन्त्रालयसँग ४० करोड रुपैयाँ माग गरेका छन्।

अध्यक्ष शर्मा तथा मनोनित सदस्य एवं पूर्वशिक्षामन्त्रीहरु प्रदीप नेपाल र दिनानाथ हर्माले दशैंपहिले नै उक्त रकम उपलब्ध गराउन दबाब दिएको खुलेको छ । शिक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री गोमालमान श्रेष्ठले भने, उनीहरु हालै मन्त्रालयमा आएर अवकाशप्राप्त कर्मचारीलाई दिनुपर्ने भन्दै ४० करोड रुपैयाँ माग गरेका थिए।

साझाको विवाद नटुंगिएसम्म एक पैसा पनि उपलब्ध गराउन सकिदैन भनेर जवाफ दिएँ । अध्यक्ष शर्मालाई कारबाही तयारी भइरहेको पनि मन्त्री श्रेष्ठले बताए । आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार