उड्डयनका महानिर्देशकलाई हटाउने चलखेल : आङ छिरिङको जग्गा नकिन्दा स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

काठमाडौँ, ३० भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महमानिर्देशक सञ्जीव गौतमलाई स्पस्टीकरण सोधिएको खुलेको छ।

प्राधिकरणको चालू आर्थिक बर्षको बजेटमा यती इनकर्पोरेट कम्पनीको नाममा रहेको करिब सात बिघा जग्गा किन्न बजेट नछुट्याएपछि गौतमलाई हटाउन चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ।

विमानस्थलका लागि ७० हेक्टर जग्गा आवश्यक पर्छ। गत आइतबार ५ बजे प्राधिकणको करिब ४३ अर्ब रुपैयाँको बजेट पारित गर्न सञ्चालक समितिको बैठक बस्ने तय भएको थियो। सञ्चालक समितिको सदस्यसमेत रहेका मन्त्रालयका महासचिव सुरेश आचार्य बैठकमा उपस्थित नभएपछि कोरम नपुगि बैठक बस्न सकेन।

स्रोतका अनुसार यती कार्पेटका मालिक आङछिरिङ शेर्पाका नाममा रहेको उक्त जग्गा किन्ने रकम बजेटमा नपरेपछि महासचिव आचार्य बैठकमा सहभागी नभएको र पर्यटनमन्त्री जितेन्द्रनारायण देवलाई बाटोबाटै फर्काइएको थियो। उक्त जग्गा किन्न ३ अर्बभन्दा माथि लाग्ने अनुमान छ । आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार