बेच्नै नमिल्ने औषधि छ्यापछ्याप्ती : ११ पसललाई मुद्दा | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

काठमाडौँ, ३१ भदौ । बजारमा बेच्नै नमिल्ने गुणस्तरहीन औषधि बिक्री भइरहेको खुल्न आएको छ । सरकारले नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने औषधि बिक्रीमा प्रतिबन्ध लगाए पनि अझै औषधि पसलले गुणस्तरहीन औषधि बिक्री गर्दै आएका छन्।

सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका देशभरका ११ वटा अ‍ैषधि पसललाई मुद्दा चलान गरिएको औषधि व्यवस्था विभागले बताएको छ।

विभागका अनुसार दुई सय आठ वटा औषधि पसल निलम्बनमा परेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ।